काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले केपी ओली पक्राउको विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई आफु राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने भन्दै कडा जवाफ दिएका छन् ।
सिडिओ पौडेलको जवाफ सुनेपछि एक एमाले नेताले यो राजनीतिक मात्र नभई कानुनी विषयपनि भएको बताएका थिए । तर सिडिओ पौडेलले यसमा धेरै बहस नगर्ने भन्दै कडा जवाफ फर्काएका हुन् । उनले हिजो एमालेका कार्यकर्ताले आन्दोलनको नाममा माइतीघर–बिजुलीबजार खण्डमा तोडफोड र आगजनी गरेको भन्दै कानुन अनुसार कारबाही गर्ने समेत बताए।

