नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्ने भएका छन्।
सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले खड्कालाई आह्वान गर्न निर्देशन दिएका हुन्।
खड्काले केहीबेरमा पार्टी एकताको पक्षमा उभिन महाधिवेशन पक्षधरलाई आह्वान गर्ने तयारी गरेका छन्।

