नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबी गरेका छन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै विधान अनुसार आफूहरूले आह्वान गरेको भन्दै वैधानिक नै रहेको बताए।
उनले भने, ‘नेपालको संविधान छ, जुन संविधानमा राजनीतिक दल सम्बन्धी व्यवस्था गरिएको छ। त्यो मध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो। त्यसैले संविधान भन्दा माथि केही पनि छैन। त्यो संविधानको व्यवस्थामा राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ। त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो।’
उनले विशेष महाधिवेशनबारे कसैले कानुनी प्रश्न उठाउन नसक्ने बताए।

