नेमकिपाको किल्ला भनिँदै आएको भक्तपुर मा राष्ट्रिय स्वतन्त्र पार्टी को कमाण्ड अब राजेश सैजुले सम्हाल्ने भएका छन्।
शुक्रबार भक्तपुर नगरपालिका–१० मा सम्पन्न प्रथम ऐतिहासिक वडा अधिवेशनबाट राजेश सैजु वडा सभापतिमा निर्वाचित भएका हुन्। अधिवेशनबाट उपसभापतिमा श्याम मलेकार, सचिवमा विकास फोजु चयन भएका छन् भने सदस्यहरूमा रामकृष्ण तजले, जयप्रकाश श्रेष्ठ र सुमन मुस्याख्वा निर्वाचित भएका छन्। महिला सदस्यतर्फ रित्तिसा नयभा, बिन्द्रा जाकिबन्जार र सुमना चौलागाईं चयन भएका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रमिला कुलुजु, केन्द्रीय सदस्य सुरज प्रधान, भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत, भक्तपुर नगर सभापति संचज्ञान याकामी, चाँगुनारायण नगर सभापति रोशन थापालगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

