कोसी। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा २५ हजार तिर्दै उम्मेदवार बन्न चाहनेको लर्को लग्न थालेको छ।
विराटनगरका उद्योगी, व्यवसायी तेजलाल कर्णले आफू मोरङ–४ बाट प्रत्यक्षमा चुनाव लड्ने भन्दै फेसबुकमा प्रचार सुरु गरेका छन् । उनले चुनाव लड्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ हजार शुल्क तिरेर निवेदन पनि दिइसकेका छन् ।
सोही क्षेत्रमा अरु दुई जनाले पनि निवेदन दिएको कर्ण बताउँछन् । २०७९ सालको निर्वाचनबाट उदाएको रास्वपाबाट निर्वाचन लड्नेहरू उत्साहित देखिन्छन् । मोरङका सबै क्षेत्रबाट उम्मेदवारी परिसकेको रास्वपाका मोरङ जिल्ला कोषाध्यक्ष सन्तोष सिंह बताउँछन् ।

