क्षत्रीको हकहितका लागि एकजुट भएर आन्दोलन गर्नुपर्छ : उपाध्यक्ष कार्की

समाचार
0Shares

क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष श्याम कार्कीले देशमा क्षत्रीहरूको ठूलो हिस्सा रहेको बताएका छन्।
आइतबार समाजले नेपाल प्रेस सोसाइटी, सूर्यविनायकमा क्षत्री दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष कार्कीले देशको कुल जनसङ्ख्यामा १७ प्रतिशत क्षत्री रहेको उल्लेख गरेका हुन्। उनले भने, “हामीले यो देशको सबैभन्दा धेरै हिस्सा ओगटेका छौँ। यति धेरै सङ्ख्यामा रहे पनि हामी राज्यका निकायमा त्यो अनुपातमा आउन सकेका छैनौँ। यसलाई आन्दोलनकै विषय बनाएर हामी एकजुट भएर अगाडि बढ्नुपर्छ।”
त्यसैगरी अर्का उपाध्यक्ष रामेश्वर थापाले घटस्थापनाको दिनलाई आधार मानेर आफ्नै प्रस्तावमा क्षत्री दिवसको स्थापना गरेको स्मरण गर्दै आगामी दिनमा क्षत्रीहरू एकजुट भएर आफ्नो हकहितका लागि लड्नुको विकल्प नभएको बताए।
कार्यक्रममा केन्द्रीय सदस्य मनकराम थापा, कलाकार सुमित्रा गौतम र पत्रकार उपेन्द्र केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम क्षत्री समाज भक्तपुरका अध्यक्ष अर्जुनबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य लब थापाले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *